Logo

माइक्रोम्याक्सको स्क्रीन नफुट्ने मोबाइल बजारमा, मूल्य १५ हजार ३ सय

माइक्रोम्याक्सको स्क्रीन नफुट्ने मोबाइल बजारमा, मूल्य १५ हजार ३ सय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सन् २०१२ मा विश्वभर माइक्रोम्याक्स  क्यानभासले ५ लाखभन्दा बढि सेटहरु बिक्री भएर रेकर्ड नयाँ रेकर्ड राखेको थियो । फेरी नयाँ रेकर्ड राख्ने उद्देश्यसहित माइक्रोम्याक्सले अनब्रेकेबल (स्क्रीन नफुट्ने ) मोडल सार्बजनिक गरेको छ । यसैक्रममा माइक्रोम्याक्सको अनब्रेकेबल क्यानभास २ २०१७ स्मार्टफोन नेपाली बजारमा बजारमा भित्रिएको छ ।

यसमा बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट प्रोसेसर रहेको कम्पनीको दाबी छ । यो १ दशमलब ३ गिगाहर्ज क्वाड प्रोसेसरद्धारा सञ्चालित छ । यसमा ३ जीबी डीडीआर थ्री र्याम छ । फोनमा भएको १३ मेगापिक्सलको रियर क्यामराले आकर्षक फोटो कैद गर्न सकिन्छ । त्यस्तै सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा राखिएको छ ।
यसमा ३ जीवी र्याम, १४ जीबी रोम र ६४ जिबी एक्स्पान्डेबल एसडी कार्डलगायत सुबिधा छ ।

जसले गर्दा तस्वीर, डकुमेन्ट, भिडियोहरु स्टोर गर्न स्पेसको चिन्ता गर्नु पर्दैन । यो फोनमा ३ हजार ५० एमएएचको व्याट्री रहेको छ । जसले अधिकतम अवधि सम्म प्रयोगकर्ताहरुले भिडियो हेर्न, गेम खेल्न तथा अन्य विभिन्न कार्यहरु गर्न सक्दछन् ।

स्क्रीन नफुट्ने क्यानभास २ २०१७ स्मार्टफोन एण्ड्रोइड नउगेट ७ दशमलब ० अपरेटिङ सिस्टममा आधारित छ । यो स्मार्टफोन मूल्य १५ हजार ३ सय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL