Logo

केएल मोबाइल हब सञ्चालनमा आउदै, मोबाइल खरिदमा बिदेश भ्रमणको प्याकेज

केएल मोबाइल हब सञ्चालनमा आउदै, मोबाइल खरिदमा बिदेश भ्रमणको प्याकेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब संचालनमा आउने भएको छ ।चाबहिलस्थित केएल टावरमा संचालनमा आउने केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा बिभिन्न उपहार प्राप्त गर्न सकिने छ ।

एफ क्युबमा सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार बराबरको २ जनालाई प्रबेश, लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

मोबाइल हब संचालनको अबसर पार्दै बिभिन्न मोबाइल कम्पनीहरुले बिशेष छुट पनि दिने भएका छन् । हबमा बिश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादन उपलब्ध हुने छ । साथै मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याडलगायतको टच एण्ड फिल काउन्टर समेत रहने संचालक संगम राइले बताए ।

नेपालमै पहिलो पटक फरक अबधारणामा असार ५ गतेबाट संचालनमा आउन लागेको यो मोबाइल हबमा ६० मिनेट मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एण्ड फिल जोनको सुबिधा पनि रहेको छ ।

यसैगरि हबमा पार्किङको पर्याप्त सुबिधा छ । यस स्थानबाट ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ बर्षको लागि प्रिभिलेज कार्ड पाइने निर्देशक राइले जानकारी दिए ।

१५ दिनसम्म मोबाइल हबमा चल्ने मोबाइल मेलामा मेला अबलोकन गर्न आउनेहरुका विच लक्की ड्र गरिने छ । जसअनुसार भाग्यशाली अबलोकनकर्तालाइ मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL