Logo

जगदम्बाले शुरु गर्यो राइनो ५००डी ग्रेडको फलामे छड उत्पादन

जगदम्बाले शुरु गर्यो राइनो ५००डी ग्रेडको फलामे छड उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जगदम्बा स्टील्सले ग्यारेण्टिड डक्टिलिटी सहितको एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादन थालेको छ ।

शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनीले ग्यारेण्टिड डक्टिलिटी सहितको फलाम डन्डी उत्पाद थालेको हो । उक्त एफई ५००डी ग्रेडमा राईनो स्टील्स फलाम डन्डीको उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी दिन टेक्निकल मिटको आयोजना गरेको छ । कम्पनीले स्वयम्भु स्थित ठुलो भर्याङमा ईन्जिनियरहरुका लागि टेक्निकल मिटको आयोजना गरको हो ।

मिटमा जगदम्बा स्टील्स प्रालिका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर आनन्द नेपालले राईनो ५००डी नेपालमा भएको अहिलेका अन्य फलामे डन्डी भन्दा भित्र र एक स्तरमाथिको गुणस्तरीय फलामे छड पहिलो पटक नेपालमा ल्याइएको जानकारी दिए ।

साथै उनले उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको समिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य छडभन्दा विशेष र पृथक रहेको दाबी गरे ।

ग्रेड एफई ५००डीमा कम्पनीले सल्फर र फसफोरसको समिश्रणको अधिकतम् ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ ।

यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै बजारमा पाइने डन्डी (एफई ५०० ग्रेड) भन्दा ३३ प्रतिशत बढी लचक हुने उनले बताए । कम्पनीका अनुसार उच्च डक्टिलिटी, लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पीय जोखिम भएको हाम्रो जस्तो देशका लागि अति उपयुक्त छ ।

प्रतिक्रिया दिनुहोस्