Logo

२४ अर्बको बस्तु तेस्रो मुलुकतर्फ निर्यात

२४ अर्बको बस्तु तेस्रो मुलुकतर्फ निर्यात


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३ /०७४ मा नेपालबाट २३ अर्ब ९७ करोड रुपैयाँ बराबरको उत्पादन तेस्रो मुलुकमा निर्यात भएको छ । चालु आबको १० महिनामा भएको सो निर्यात गत आवको सो अबधिको तुलनामा ३ दशमलब १ प्रतिशतले बढी हो ।

अघिल्लो आबको सो अबधिमा नेपाल बाट २३ अर्ब २६ करोड रुपैयाँ बराबरको उत्पादन तेस्रो मुलुकतर्फ निकासी भएको थियो ।
सो अवधिमा १२ ओटा भन्दा बढी नेपाली उत्पादन निर्यात भएको छ । आर्थिक बर्ष २०७३/७४ को १० महिनामा नेपालबाट सबैभन्दा बढी ६ अर्ब रुपैयाँ बराबरको उलन कार्पेट निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै ३ अर्ब २२ करोड रुपैयाँ बराबरको तयारी पोसाक र १ अर्ब ९१ करोड रुपैयाँको पश्मिना निर्यात भएको छ ।

त्यसैगरी ६६ करोढ २७ लाख बराबरको पल्स, ३० करोड रुपैयाँ बारबरको ‘टेन्ड स्किन’ र २९ करोड रुपैयाँको नेपाली कागज तेस्रो मुलुकतर्फ निकासी भएको छ । यो गत आवको सो अवधिको तुलनामा भने ६२ प्रतिशतले कम हो । त्यस्तै चाँदी तथा गहनाहरु नेपालबाट तेस्रो मुलुकतर्फ बढी निर्यात हुने बस्तुको सूचीमा पर्छन ।

सो अवधिमा तेस्रो मुलकतर्फ १० करोड रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको थियो । तेस्रो मुलुकतर्फ निर्यात हुने अन्य बस्तुमा नेपाली कागज,जडिबुटी,छालाका जुत्तालगायत पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL