Logo

६० प्रतिशत हकप्रद सेयर दिँदै गुडविल फाईनान्स, असार २ मा बुक क्लोज

६० प्रतिशत हकप्रद सेयर दिँदै गुडविल फाईनान्स, असार २ मा बुक क्लोज


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । गुडविल फाइनान्सले आफ्ना सेयर धनीलाई ६० प्रतिशत हकप्रद सेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाहरु असार मसान्तसम्ममा चुक्ता पूँजी पुर्याउने चटारोमा रहेका बेला गुडविलले पनि हकप्रद जारी गर्न लागेको हो ।

गुडविलले १०ः६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको छ । साथै गुडविलले हकप्रदका लागि असार २ मा सेयर धनी किताब (बुक क्लोज) गर्ने भएको छ । असर २ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले उक्त हकप्रदमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL