Logo

लगातार ओरालो लागेको बजारले रङ फेर्यो, कारोबार रकममा पनि सुधार

लगातार ओरालो लागेको बजारले रङ फेर्यो, कारोबार रकममा पनि सुधार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ को बजेट आएसँगै लगातार ओरालो लागेको नेप्से परिसुचक आज उकालो लागेको छ । दैनिकजसो दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार ८ दशमलव ८४ अंकले बढेको छ ।

सोमबार बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तत १ हजार ६ सय २ दशमलव ६५ अंकमा पुगेको छ । बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी उत्पादनमुलक समहुको परिसुचक २१ दशमलव ६९ अंकले ओरालो लागेको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १० अंकले उकालो लागेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको हो । यसैगरी बजारमा विकास बैंक समुहको परिसुचक पनि झण्डै ११ अंकले उकालो लागेको छ भने बीमा समुहको परिसुचक पनि १५ अंकले बढेको छ ।

सोमबार कारोवार रकम पनि केही बढेको छ । आइतबार ५५ करोड रुपैयाँ बरावरको सेयर खरिदबिक्री भएकोमा सोमबार ६२ करोड रुपैयाँभन्दा बढीको कारोवार भएको छ । दिनभर कुल १ सय ३९ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL