Logo

६ लाख ६० हजार कित्ता एफपीओ जारी गर्दै प्रिमियर इन्स्योरेन्स, प्रतिसेयर मूल्य ८९५

६ लाख ६० हजार कित्ता एफपीओ जारी गर्दै प्रिमियर इन्स्योरेन्स, प्रतिसेयर मूल्य ८९५


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीको हिजो बसेको संचालक समितिले प्रतिकित्ता १ सय रुपैयाँको सेयरमा प्रिमियम मूल्य ७ सय ९५ रुपैयाँ थप गरी एफपीओ जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता ८ सय ९५ रुपैयाँमा ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका बमोजिम धितोपत्र मूल्याङ्कनकर्ताबाट प्राप्त मूल्यलाई आधार मानेर एफपीओको मूल्य निर्धारण गरेको जानकारी दिएको छ ।

कम्पनीले सो सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जलाई आजै जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL