Logo

एभरेष्टबाट पठाएको रकम वेस्ट रेमिटमा, दुई सस्थाबीच सम्झौता

एभरेष्टबाट पठाएको रकम वेस्ट रेमिटमा, दुई सस्थाबीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी वेस्ट रेमिटमार्फत हुने छ ।

हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिट सेवा संचालन गर्दै आएको छ । बैंकले यो सुविधा संयुक्त अरब इमिरेट् कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीहरुका लागि उपलब्ध गराएको छ ।

यस अघि बैंकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग रेमिट्यान्स भुक्तानी सम्झौता गरिसकेको छ ।

साथै, बैंकले पन्जाब नेशनल बैंकको इण्डोरेमिटमार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

बैकले ६० वटा शाखा, ६ एक्सटेन्सन काउन्टर, २५ राजस्व संकलन काउन्टर र ८८ एटीएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL