Logo

कतार एयरवेजको रमादान विशेष योजना, यात्रुलाई मिल बक्स हस्तान्तरण

कतार एयरवेजको रमादान विशेष योजना, यात्रुलाई मिल बक्स हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाठौं । कतार एयरवेजले रमादानको महिनामा उपवासमा रहेका यात्रुलाई कतार एयरवेजले ईफ्टर मिल बक्सको ब्यवस्था गरेको छ । कतार एयरवेजद्वारा प्रदान गरिने ईफ्टर मिल बक्समा रचनात्मक तरिकाले डिजाइन गरिएको रमादान करिम लोगोका साथै यात्रुलाई पवित्र महिनाको शुभकामना दिइएको कम्पनीले जानकारी दिएको छ ।

कतार एयरवेजको छानिएका फ्लाइटको फस्र्ट र बिजनेश क्लासका यात्रुलाई चिकेन वा साकाहारी स्याण्डविच ¥याप, हम्मोस, क्रुडाइट्स, मिनी अरबिक ब्रेड, मिक्स्ड नट्स, बक्लाभा, आल्पेन फ्रुट्स लगायत सम्मिलित विशेष मिलबक्स प्रदान गरेको हो ।

त्यसैगरी ईकोनोमी क्लासमा यात्रा गरिरहेका यात्रुलाई साकाहारी स्याण्डविच ¥याप, वाल्कर विस्कुट, ड्राइड फ्रुट, लगायत सम्मिलित ईफ्टर मिलबक्स हस्तान्तरण गरिने जानकारी दिइएको छ । यात्राका दौरान आफ्नो उपवास टोड्नका लागि सदा झैँ यस पटक पनि मिलबक्सको ब्यवस्था गरिएको कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव अफिसर महामहिम अकबर अल बाकरले बताए । ‘रमादानको पवित्र महिना हाम्रा असङ्ख्य यात्रुका लागि विशेष हुने गरेको छ ,तसर्थ तिनलाई यस समयमा विशेष ईफ्टर मिलको साथमा सन्तुष्टि प्रदान गर्नु हाम्रो उद्देश्य हो, कतार एयरवेजका तर्फबाट हामी रमादान करिमको उपलक्ष्यमा शुभकामना दिन चाहान्छौ’, उनले भने ।

यस बर्ष अबु धाबी, अभा, अम्मान, अलेक्जेन्द्रिया, बाहरेन, बासरा, बगदाद, कायरो, दम्माम, दुबई, एरबिल, गासिम, होफुफ, जेद्दाह, कुवेत, खारतोम, जक्सर, मस्क्याट, मेदिना, माशाद, नजाफ, रास अल खाइमा, रियाद, साललाह, सुलेमानियाह, सारजाह, सिराज, ताइफ र यान्बुका फ्लाइटमा ईफ्टर बक्स वितरण गरिएको जानकारी दिइएको छ ।

कतार एयरवेजका क्याविन क्रुले अन बोर्ड घोषणा गरि उपयुक्त समयमा यात्रुलाई मिल बक्स वितरण गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL