काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषदको सभापतिमा उपाध्यक्ष उमेशलाल श्रेष्ठ र रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष चन्द्रप्रसाद ढकाल मनोनयन भएका छन् ।
त्यस्तै महासंघले रोजगारदाता परिषदको उपसभापतिमा कार्यकारी सदस्य भरतराज आचार्यलाई मनोनयन गरेको छ । यता वस्तुगत परिषद्को उपसभापतिमा उद्यमी सुमित केडीया र लोकनाथ गैरेलाई मनोनित भएका छन् भने उद्योग समिति सभापतिमा अञ्जन श्रेष्ठ मनोनित भएका छन् ।
महासंघले संदिपकुमार अग्रवाललाई व्यापार समितिमा मनोनित गरेको छ । त्यसैगरी महिला उद्यमी सभापतिमा कमला श्रेष्ठ, पर्यटन तथा हवार्इ यातायात सभापतिमा ज्योत्साना श्रेष्ठ, स्थल तथा पारवहन समिति सभापतिमा अशोककुमार टेमानी मनोनयन भएक छन् ।
कर तथा राजस्व समिति सभापतिमा अशोककुमार तोदी, व्यापार समिति सभापतिमा दिल सुन्दर श्रेष्ठ, निर्यात व्यापार समिति सभापतिमा मनिषकुमार अग्रवाल, स्थानीय आर्थिक विकास समिति सभापतिमा कृष्णप्रसाद शर्मा र शहरी विकास समिति सभापतिमा ओम राजभण्डारीलार्इ मनोनित गरिएको छ।
उर्जा तथा वातावरण समिति सभापतिमा सुकुन्तलाल हिराचन, बैंक,वित्तिय तथा बीमा समिति सभापतिमा शौरभ ज्योति, सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा विनोद ढकाल र शिक्षा तथा सीप विकास समिति सभापतिमा गोपाल खनाल मनोनित भएको महासंघले जानकारी दिएको छ ।
त्यस्तै द्विराष्ट्रिय एवं गैह्र आवासीय नेपाली फोरमको संयोजकमा अजय मुडभरी र सामाजिक सेवा फोरम संयोजकमा जयप्रसाद शिवाकोटी मनोनित भएका छन् ।