काठमाडौं । आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक ¥यालीको आयोजना गरेको छ । सोमवार विहान ११ बजे जमलबाट शुरु भएको ¥याली घण्टाघर, सुन्धारा, टेकु, कलङकी, बालाजु, महाराजगंज, बानेश्वर, सँखमुल, पाटन दरबार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्यूरोड हुँदै पुनः जमल स्थित युएम एक्सक्लुसिभ सोरुममा आएर समापन भएको थियो ।
रेनगेड सिरिज अन्तर्गतका स्पोर्टस, कमाण्डो बाइक रहेको उक्त र्यालीलाई इन्डियन स्टाइलीस क्रुजर रेनगेड स्पोर्टस एस ३०० र रेनगेड कमाण्डो ३०० ले इस्र्कोटीङ गराएको थियो ।
सहभागि पचास जना चालकहरु प्रत्येकलाई २ वटा मुभी टिकट, युएम ब्राण्डेड टी–सर्ट, ३ लिटर पेट्रोल, लन्चबक्स र सहभागी सबैलाइ सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै सहभागीहरु मध्ये उत्कृष्ट पाँच चालक (अनुशासीत तथा सुरक्षीत चालक) लाई चन्द्रागिरि केबलकारको टिकट प्रदान गरिएको थियो ।
सो अवसर पारी युएम बाइकले जमल स्थित युएम एक्सक्लुसिभ सोरुममा पाँच दिनसम्म ‘बाइक एकसचेन्ज’ क्याम्पको आयोजना गरेको छ ।
यस कार्यक्रममा उत्कृष्ट मुल्याङ्कन र आकर्षक छुटको व्यबस्था गरिएको कम्पनीले जानकारी दिएको छ । आईएमई अटोमोटिभ्स, आईएमई ग्रुप अन्तर्गत संचालित व्यवसायीक संस्था हो ।