Logo

रेनो क्विड सार्वजनिक, बजार मूल्य २० लाख ९८ हजार

रेनो क्विड सार्वजनिक, बजार मूल्य २० लाख ९८ हजार


बिजखबर संवाददाता
0
Shares

नेपाली बजारमा रेनोको क्विड सार्वजनिक भएको छ । क्विडको १ लिटर स्मार्ट कन्ट्रोल इफिसेन्सी इञ्जिनलाई सशक्त बनाइएको सो मोडलको गाडी नेपाली बजारमा आज सार्वजनिक गरेको हो ।

रेनोको गाडीको नेपाल स्थित आधिकारी विक्रेता एडभान्स मोटरले उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले क्विड १ लिको दुई नयाँ सस्करण नेपाली बजारमा भित्र्याएको छ ।

क्विड १ लि स्मार्ट स्मार्ट कन्ट्रोल इफिसेन्सी इञ्जिनले उक्त श्रेणीको गाडीमा ठूलो विविधिकरण ल्याएको छ भने एउटा कारको रुपमा ग्राहकको ‘लिभ फर मोर’ को चाहनालाई समेत पुरा गरेको छ कम्पनीको दावी रहेको छ । उत्कृष्ट कार्यक्षमताका लागि ब्राण्ड न्यू १ लिटरको स्मार्ट कन्ट्रोल इफिसेन्सी इञ्जिनलाई अतुलनीय डिजाइन गरिएको छ ।

गाडीमा भएको डबल ओभर हेड कासफ्नकोफोर भल्भ पर सिलिण्डरले न्युनतम प्रेसरमा पनि उच्च कार्यक्षमता देखाउनुका साथै एयर फिलिङ गर्ने छ । जसका कारण लो इन्ण्ड, मिड रेञ्ज तथा हाइ एण्ड रेभ ब्याण्डमा पनि इञ्जिनले आवश्यक उर्जा उत्पन्न गर्ने छ । उच्चतम प्रविधियुक्त इञ्जिनले शहरी सडकमा होवा वा राजमार्गमा यात्रालाई सहज बनाउने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीले सो गाडीलाई विभिन्न ५ रङमा उपलब्ध गराएको छ । सो गाडीको बजारमा मुल्य १० लाख ९८ हजार एड्भान्स मोटरका प्रमुख निकुञ्ज अग्रवालले जानकारी दिए ।

गाडीमा भएको ३ सय लिटरको बुट क्षमता, एर्गो स्मार्ट क्याबिन, मल्टिपल स्टोरेज, स्पेश, अपर सेग्मेन्ट बडी डाइमेन्सन, इन्टेरियर स्पेश, सर्भिस पार्ट मर्मत लागत, राइड ह्याडलिङलजस्ता सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्