Logo

सबै समुह उकालो लाग्दा साढे १३ अंकले बढ्यो नेप्से, ६१ करोडमा खुम्चियो कारोबार

सबै समुह उकालो लाग्दा साढे १३ अंकले बढ्यो नेप्से, ६१ करोडमा खुम्चियो कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक १३ दशमलव ५१ अंकले बढेको छ । सो दिन सेयर बजार १६ सय ५० दशमलव ८१ अंकमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी १ सय १५ दशमलव ९६ अंकले बढेको छ । त्यस्तै बीमा समुह ६६,विकास बैंक २५ र होटल समुहको परिसुचक २२ दशमलव३६ अंकले बढेको छ ।

त्यसैगरी सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह ७,फाइनान्स ४ दशमलव ४४ र अन्य समुहको परिसुचक १ दशमलव ४५ अंकले उकालो लागेको छ ।

मंगलबार सानिमा माई जलविद्युत आयोजनाको सबैभन्दा बढी ४ करोड ६७ लाख बराबरको कारोबार भएको थियो ।
सो दिन १ सय ४२ कमपनी कारोबारमा आएका थिए । ति कम्पनीको १० लाख कित्ता सेयरबाट ६१ करोड २० लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL