Logo

भेषवाकर यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर, सवै प्रकारका विज्ञापनमा सहभागी हुने

भेषवाकर यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर, सवै प्रकारका विज्ञापनमा सहभागी हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषावकरले ‘सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यससँगै कम्पनीको छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिस्प्लेलगायत यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषावकर सहभागी हुनेछन् । उनले सन् २००४ मा नेपाली राष्ट्रिय टोलीका लागि युएईविरुद्ध पहिलो पटक डेब्यु गरेका थिए ।

यामाहा जस्तो विश्वव्यापी ब्रान्डसँग आबद्ध हुन पाउँदा हर्षित र रोमाञ्चित भएको उनले बताए । भेषावकर हाल विश्वको ट्वान्टी२० ब्याट्सम्यानको सूचीमा ८० औं स्थानमा छन् ।

त्यसैगरी, विष्णु कुमार अग्रवालले शरद भेषावकरसँगको नयाँ साझेदारीप्रति खुसी व्यक्त गरे ।  यसैबीच, एमएडब्लुले काठमाडौंको रातोपुलमा नयाँ सोरुम उद्दघाटन गरेको छ । यामाहाको नयाँ डिलर गोर्खा मनकामना अटो इन्टरप्राइजेजले एकै छानामुनिबाट ‘थ्रिएस’ (सेल्स, सर्भिस र स्पेयर्स)को सुविधा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्