Logo

निर्वाचनको माहोलसँगै उकालो लाग्यो नेप्से,कारोवार रकममा गिरावट

निर्वाचनको माहोलसँगै उकालो लाग्यो नेप्से,कारोवार रकममा गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार देशका विभिन्न ३ क्षेत्रका क्षेत्रमा स्थानिय निर्वाचनका लागि उम्मेद्धवारी दर्ताको लहर चलिरहदाँ त्यसको प्रभाव नेप्से परिसुचकमा पनि देखिएको छ । चुनावको माहोल बनेसँगै मंगलबार नेप्से परिसुचक ७ दशमलव ५५ अंकले बढेको छ । सो दिन सेयर बजार १६ सय ५८ दशमलव ३३ अंकमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोवारमा आएकामाध्ये वीमा,विकास बैंक,बैंकिङ र जलविद्युत समुहको परिसुचक उकालो लागेको छ ।
सो दिन बीमा समुहको परिसुचक ७९ अंकले बढेको छ । त्यस्तै विकास बैंक १६ दशमलव ४३, बैंकिङ ६ दशमलव ८८ र जलविद्युत समुह ३ दशमलव १६ अंकले उकालो लागेको छ ।

यता होटल,उत्पादन,अन्य र फाइनान्स समुहको परिसुचक भने क्रमशः २८ दशमलव ८८,५ दशमलव ४६, २ दशमलव ३२ र २ दशमलव १७ अंकले ओरालो लागेको छ ।

मंगलवार नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २९ लाख बराबरको सेयर कारोवार भएको छ । सो दिन १ सय १४३ कम्पनी कारोवारमा आएको थियो । १५ लाख ८४ हजार कित्ता सेयरबाट ९२ करोड ९० लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL