Logo

स्कोडा र्यापिड फाइनान्सिङमा दुई विकल्प, ३०% डाउन पेमेन्ट वा ८.९९% व्याजदरमा नयाँ स्कोडा

स्कोडा र्यापिड फाइनान्सिङमा दुई विकल्प, ३०% डाउन पेमेन्ट वा ८.९९% व्याजदरमा नयाँ स्कोडा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकहरुको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ । ‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता रु २८ हजार एक सय सात र ८.९९ प्रतिशत व्याजदरमा  नयाँ स्कोडा र्यापिड खरिद गर्न सक्नेछन् ।

फाइनेन्सिङ जटिलताका कारण युरोपियन लक्जरी कारको अनुभव गर्नबाट कुनै पनि ग्राहक नछुटुन भन्ने उद्देश्यसहित विकल्प ल्याइएको स्कोडा एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले जानकारी दिए । ‘अब ग्राहकले दुईमध्ये आफूलाई ठिक लाग्ने जुनसुकै विकल्पबाट स्कोडा ¥यापिडको अनुभव गर्न पाउनेछन्’ उनले भने ।

यसैबीच, स्कोडा एमएडब्लुले नेपालभरिका सोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । २० बैशाखसम्म चल्ने एक्सचेन्ज क्याम्पमा पुराना कारको दुई लाख रुपैयाँसम्म ‘एक्स्ट्रा भ्यालुएसन’ हुनेछ । कम्पनीले स्कोडा ¥यापिडको खरिदमा ग्राहकलाई नगद छुटका साथै एक वर्षका लागि निशुल्क सवारी कर, र निशुल्क एसोसरिज प्रदान गर्दै आएको छ ।

स्कोडा एमएडब्लुले सन् २००८ देखि नेपालमा यो ब्रान्डको कारहरु विक्री गर्दै आएको छ । संसारकै सबैभन्दा पुरानो कार कम्पनीमध्ये पर्ने स्कोडा अटोको मुख्यालय चेक गणतन्त्रको म्लाहा बोलेस्लाब्मा छ । नेपालमा स्कोडाको मुख्य सोरुम थापाथलीमा छन् भने पोखरा, बुटवल, विराटनगर र नारायणघाट पनि सेल्स एन्ड सर्भिस आउटलेट छन् ।

प्रतिक्रिया दिनुहोस्