व्याट्रि पड्कने समस्या भएर बजारबाट फिर्ता लिइएको सामसुङको नोट ७ फेरि बजारमा आउने भएको छ । कम्पनीको फ्ल्यागसिप फोन नोट सेभेन पून बजारमा सार्वजनिक गर्ने तयारी सामसुङले गरेको अन्तरराष्ट्रिय समाचारमाध्यमहरुले जानकारी दिएका छन् ।
कम्पनीले यी नोट ७ मर्मत गरेर कम मूल्य राखेर बजारमा पठाउन लागेको बताएको छ । यी मर्मत गरिएका नोट ७ आगामी जून महिनादेखि आउने पनि समाचारमाध्यमले जानकारी दिएको हो ।
मर्मत गरिएका नयाँ फोनको नाम नोट ७ आर राखिनेछ । यसको ब्याट्री पहिलेको भन्दा सानो हुनेछ । कम्पनीले मर्मत गरी ल्याएका नोट ७ को मूल्य करिब ६२० अमेरिकी डलर ९करिब ६४ हजार रुपैयाँ० पर्नेछ। नेपालमा सुरुमा यो फोन ल्याउँदा यसको मूल्य करिब ९६ हजार रुपैयाँ थियो। एजेन्सि