Logo

बिराटनगरमा हुण्डाईले खोल्यो थ्रीएस सेन्टर, तालीमप्राप्त प्राविधिकद्धारा सेवा प्रदान

बिराटनगरमा हुण्डाईले खोल्यो थ्रीएस सेन्टर, तालीमप्राप्त प्राविधिकद्धारा सेवा प्रदान


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिराटनगरमा थ्रीएस सेन्टर उद्दघाटन गरेको छ । कम्पनीले त्यहाँस्थित डिलर रोयल अटो वल्र्ड प्रालीको संयोजकत्वमा सो सेन्टर स्थापना गरेको हो ।

बिराटनगर र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कमपनीले जानकारी दिएको छ । सेन्टरको रोयल अटो वल्र्डका अध्यक्ष भिमप्रसाद पौडेल र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा उद्दघाटन गरे ।

बिराटनगरको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरमा ५ वटासम्म गाडिको सोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यस उत्कृष्ट सेन्टरमा प्रति महिना ६०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै  पार्किङ व्यवस्था पनि छ ।

साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुने बताएको छ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने छन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टलले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्