Logo

नेप्सेमा दिनभर उत्तरचढाव, अन्तमा १३ अंकले घट्यो, कारोवार रकममा पनि कमी

नेप्सेमा दिनभर उत्तरचढाव, अन्तमा १३ अंकले घट्यो, कारोवार रकममा पनि कमी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ माघ, काठमाडौं । मंगलबार दिनभर जसो नेप्से परिसुचकमा उत्तरचढाव भएको छ । बजार खुलेको २० मिनेटमा झण्डै १४ अंकले घटेको नेप्से परिसुचक मध्य समयमा आएर केही बढेको थियो । तर, बजार बन्द हुने बेलामा १२ दशमलव ६५ अंकले घटेको छ ।

देशमा राजनीतिक सहमति हुने आशामा सोमबार नेप्से परिसुचक ३० अंकले बढेको थियो । तर, राजनीतिक सहमति हुन नसकेपनि बजार एकाएक आरोलो लागेको सेयर बिश्लेषशकहरु बताउँछन् ।

मंगलबार बजारमा सेयर कारोवार रकम तथा संख्या दुवै घटेको छ । सोमबार ८६ करोड रुपैयाँ बरावरको १५ लाख कित्ता सेयर कारोवार भएकोमा मंगलबार २८ करोड ८९ लाख रुपैयाँ बरावरको ६ लाख २२ हजार कित्ता सेयर मात्र कारोवार भएको नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कमा उल्लेछ ।

बजारमा विकास बैंक बाहेक अन्य सवै समुहका परिसुचक ओरालो लागेको छ । मंगलबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ६५ दशमलव ७६ अंकले ओरालो लागेको छ । त्यसैगरी, अघिल्लो दिन ३० भन्दा बढी अंकले बढेको बैंकिङ समुह मंगलबार १४ अंकले घटेको छ ।

यस्तै, जलविद्युत्, होटल, फाइनान्स समुहका परिसुचक पनि ओरालो लागेका छन् । मंगलबार बजारमा कुनै पनि कम्पनीको २ करोड रूपैयाँभन्दा बढीको सेयर कारोवार हुने सकने ।

प्रतिक्रिया दिनुहोस्
MBL