Logo

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, मूल्य ८८ हजार ९ सय र ९९ हजार ९ सय

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, मूल्य ८८ हजार ९ सय र ९९ हजार ९ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङको स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक भएको छ । सामसुङ इण्डियाले बुधबार एक कार्यक्रमबीच काठमाडौंमा ती फोन सार्वजनिक गरेको हो। तर नेपाली ग्राहकले भने २२ बैसाख पछि मात्र यी फोन खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ती फोनको बुकिङ भने आजदेखि नै खुल्ला गरेको छ । नेपाली बजारमा एस ८ को मूल्य ८८ हजार नौ सय रुपैयाँ र एस ८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यी स्मार्टफोनको खरिदमा एनसेलको सिमसँगै आठ महिनासम्म हरेक महिना ८ जिबी डेटा सित्तैमा दिने जानकारी दिएको छ । त्यस्तै ६ महिनासम्मको लागि बीमाको व्यवस्था समेत छ।

यो स्मार्टफोन पहिलेको एस ७ भन्दा राम्रो र गुणस्तरीय रहेको कम्पनीको दावी छ । दुवै स्मार्टफोनमा डिस्प्ले आकर्षक बनाउन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ। पानी र धूलो छिर्न नसक्नेगरी तयार गरिएको एस ८ मा तीन हजार एमएएच र एस ८ प्लसमा ३५ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

यी फोनमा एन्ड्रोइड ७ को नोगाट भर्सनको अपरेटिङ सिस्टम छ । दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छन्। त्यस्तै ४ जिबीको र्याम छ ।

प्रतिक्रिया दिनुहोस्