Logo

युनाइटेड सिमेन्टले अनौठो शैलीमा गर्यो नयाँ बर्षको स्वागत, रथ चढाएर नगर परिक्रमा

युनाइटेड सिमेन्टले अनौठो शैलीमा गर्यो नयाँ बर्षको स्वागत, रथ चढाएर नगर परिक्रमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनाइटेड सिमेन्टले नयाँ बर्षलाई स्वागत गरेको छ ।शुक्रबार नयाँवर्ष २०७४ को पहिलो दिन शुभकामना सन्देश लेखी विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा, र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको हो । बसन्तपुरबाट शुरु गरिएको कार्यक्रम नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको हो ।

साथै उक्त कार्यक्रममा उपस्थित सबै सहभागीहरुमा नयाँवर्षको शुभकामना कार्ड सहित शुभकामना अदान(प्रदान गरिएको थियो ।
कम्पनीले उच्च गुणस्तरको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यूनाइटेड सिमेन्टसको ललितपुरको लेलेमा आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको छ

प्रतिक्रिया दिनुहोस्