काठमाडौं । त्रिशुल फुड्स प्रालिले मुस्ताङको मार्फमा डिलर्स मिट आयोजना गरेको छ । जस्मिन मसला उत्पादक कम्पनी त्रिशुलले आयोजना गरेको कार्यक्रममा नेपालभरका वितरक र कम्पनी प्रतिनिधीहरु सहभागी थिए । सो अवसरमा जस्मिन मसलालाई आगामी दिनमा कसरी प्रवद्र्धन गर्ने भन्नेबारे अन्तरक्रिया गरिएको थियो ।
उक्त अन्तरक्रियामा कम्पनीका नेशनल सेल्स म्यानेजर राजेन्द्र बोहराले कम्पनीको वर्तमान अवस्था, भावीकार्य नीति प्रस्तुत गरेका थिए । वितरकहरुको तर्फबाट हाम्रो ट्रेडर्स, लोकन्थलीका राजेश डंगोल, तारा सुमन ट्रेडर्स, पोखराका तारानाथ ढुंगाना, हरीओम ट्रेटर्स, लम्कीका उमेश तिमिल्सिना, भीमेश्वरी सप्लायर्स, कोटेश्वरका अर्जुन श्रेष्ठलगायत कम्पनीका वितरकहरुले कम्पनीका आगामी रणनितीहरुलाई कसरी छिटो छरितो ढंगबाट बजारमा लागू गर्ने बारे धारणा व्यक्त गरेका थिए ।
साथै कम्पनीको वितरण प्रणालीलाई आआफनो तर्फबाट चुस्तदुरुस्त राख्ने र बजारका गुनासालाई तुरुन्त समाधान गर्न सल्लाह समेत दिए । सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक राजाराम खरेलले आगामी दिनहरुमा हातेमालो गरेर अघि बढ्ने बताए ।
साथै बोगटी टेड्रर्र्स–धनगढी, लक्ष्मीट्रेड एण्ड सप्लायर्स–डडेलधुरा, गच्छे ट्रेडर्स –भक्तपुर, चन्द्रदेव स्टोर्स–मेहलकुना र कर्मचारी हिमाल जोशीलाई कदरपत्र प्रदान गरे ।