Logo

‘रेड सिग्नल’ दिँदै २०७३ लाई नेप्सेको विदाई, कारोवार रकममा पनि गिरावट

‘रेड सिग्नल’ दिँदै २०७३ लाई नेप्सेको विदाई, कारोवार रकममा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेप्सेले २०७३ साललाई ‘रेड सिग्नल’ दिँदै विदाई गरेको छ । विहीबार नेप्से परिसुचक ५ दशमलव ९४ अंकले घट्दै २०७३ सालको लागि कारोवार बन्द भएको छ ।

नेप्से परिसुचकको लागि २०७३ साल फलदायी भएपनि बर्षको अन्तिम दिन भने ओरालो लागेको छ । विहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक दिनभर उतारचढाव हुँदै अन्तमा घटेको हो । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सजह रहन सर्तक गराएको भोलीपल्ट बजार २२ अंकसम्म घटेको थियो ।

बजारमा बीमा र विकास बैंक समुहका परिसुचक वाहेक अन्य सबै ओरालो लागेको छ । जसमा जलविद्युत समुहको परिसुचक २२ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचक १० दशमलव ७२ अंकले ओरालो लागेको छ । बजारमा फइनान्स, होटल लगायतका परिसुचक पनि सामान्य घटेको छ ।

बजारमा परिसुचक र कारोवार दुबै ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा कारोवारमा ५० करोड रुपैयाँभन्दा बढीले गिरावट आउँदै कुल १ अर्ब ४८ करोड रपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । जसमा १ सय ४३ कम्पनीको २१ लाख ३३ हजार कित्ता सेयर कारोवार भए ।

बजारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर कारोवार उच्च रुपमा भएको छ । जसको १७ करोड ४४ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको देखिन्छ । अन्य कम्पनीको भने १० करोड रुपैयाँभन्दा तल नै कारोवार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्