काठमाडौं । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले नयाँ वर्षको अवसर पारी क्यासव्यक अफर सञ्चालनमा ल्याएको छ ।
जसअनुसरा आफ्ना हरेक उत्पादनमा २० प्रतिशतसम्मको क्यासव्यक उपलबध गराउने छ । क्यासमय नव वर्ष २०७४ नामक उक्त स्किम ग्राहकवर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
सो अफरले नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ल्याइएको जानकारी दिएको छ । योजना जेठ १ गतेसम्म लागु हुने छ ।