Logo

हुन्डाई फेस्टिभ योजनाका विजेतालाई पुरस्कार, खड्कालाई क्रेटा, क्रिएटिभ गार्मेन्टलाई आइ ट्वान्टी

हुन्डाई फेस्टिभ योजनाका विजेतालाई पुरस्कार, खड्कालाई क्रेटा, क्रिएटिभ गार्मेन्टलाई आइ ट्वान्टी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कार प्रदान गरेको छ । कम्पनीले दशै तिहारको अवसरमा सार्वजनिक गरेको सो उपहार योजनामा विजेता क्रिएटिभ टच गार्मेन्ट इन्डष्ट्रिज र नेत्रबहादुर खड्कालाई पुरस्कार प्रदान गरेको हो ।

जसमध्ये क्रिएटिभ टचले हुन्डाई इलाइट आइ २० प्राप्त गरेको हो । त्यस्तै धरानका नेत्रबहादुर खड्काले उपहार स्वरुप हुन्डाइ क्रेटा प्राप्त गरेका छन् । विजेतालाई कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार प्रदा गरे ।

सो योजना अन्तर्गत नयाँ हुण्डाईको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र १ बर्षको निशुल्क विमा तथा १ सय जनाले ए तोला सुन प्राप्त गरेका थिए । फेष्टिभ योजना गत भदौ १३ गतेदेखि २२ गतेसम्म लागु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्