Logo

यतिले ल्यायो अर्ना, लाइट र स्ट्रङ वियरका पारखीलाई लक्षित

यतिले ल्यायो अर्ना, लाइट र स्ट्रङ वियरका पारखीलाई लक्षित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यति ब्रुअरीले दुई नयाँ वियर सार्वजनिक गरेको छ । यतिले ‘अर्ना’ लाइट र ‘अर्ना स्ट्रङ’ वियर सार्वजनिक गरेको हो । यी दुई वियर आइतवारदेखि देशभरका आउटलेट, होट, रेष्टुराँमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

अर्ना लाइट नेपालको एकमात्र लो क्यालोरी भएको वियर भएको कम्पनीको दावी छ । यसले हाइ अन फन लो अन कयालोरी सन्देशलाई अघि सारेको छ । यसमा वियरमा हुने हरेक गुण राख्नुका साथै क्यालोरी र कार्वनको मात्रा घटाउने कम्पनीका जनरल म्यानेजर अरुण केसीले जानकारी दिए ।

त्यस्तै अर्ना स्ट्रङ स्ट्रङ स्वद चाहनेका लागि उपयोगी हुन्छ । यी वियर ६ सय ५० मिलिलिटरमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्