काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । सो दिन सेयर बजार ० दशमलव ५६ अंकले बढी १६ सय ५१ दशमलव ६ अंकमा पुगेर बन्द भएको हो ।
आइतवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी ६दशमलव ३२ अंकले उकालो लागेको छ ।
त्यस्तै जलविद्युत ६ दशमलव ३१,फाइनान्स ५ दशमलव ४८,अनय २ दशमलव ३२ र बैंकिङ समुहको परिसुचक १ दशमलव ४७ अंकले उकालो लागेको हो । यता उत्पादन,वीमा र होटल समुहको परिसुचक भने क्रमशः ३८ दशमलव ९१,३७ दशमलव १८ र १९ दशमलव ५३ अंकले ओरालो लागेको छ ।
आइतवार १ सय ४१ ओटा कम्पनी कारोवारमा आएकोमा १९ लाख २६ हजार कित्ता सेयर बारोकार भएको छ । जसबाट १ अर्व २१ करोड बराबरको कारोवार भएको छ ।