काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले यही शुक्रबारबाट सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । संस्थाले यही चैत २५ गतेबाट प्रतिकित्ता १ सय रुपैयाँका दरले आईपीओ जारी गर्न लागेको हो ।
स्वदेशीले कुल ३ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । सोमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
आईपीओमा २५ गतेदेनि २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आईपीओमा न्यूनतम ५० देखि अधिकतम १ हजार ५ सय कित्तासम्म आवेदन दिन पाइनेछ ।
आवेदन फारम स्वदेशीको केन्द्रीय कार्यालय इटहरी, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंबाट भर्न पाइनेछ । साथै एनएमबि बैंकको सुर्यविनायक भक्तपुर, काठमाडौंको तीनकुने र सीतापाइला र थैव ललितपुर शाखाबाट पनि आवेदन दिन पाइनेछ ।
उपत्यकाबाहिर एनएमबि बैंकको बनेपा, विराटनगर, वीरगन्ज, बिर्तामोड, बुटवल, दैलेख, धनगढी, धरान, नारायणगढ चितवन, नेपालगन्ज, पोखरा, कैलाली, उर्लाबारी, इटहरी, रसुवा र सोलुखुम्बुको सल्लेरी शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यसैगरी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार र सीबीआइएल क्यापिटल लिमिटेड डिल्लीबजार काठमाडौंबाट भने चेक मात्र बुझिनेछ । यसका साथै स्वदेशीले थप संकलन केन्द्र समेत थप गरेको छ ।
नयाँ थपिएका आवेदन केन्द्रहरु