Logo

सिटिजन्स बैंकको ओपन गल्फ टुर्नामेन्ट, एक सय जना खेलाडी सहभागी

सिटिजन्स बैंकको ओपन गल्फ टुर्नामेन्ट, एक सय जना खेलाडी सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सटिजन्स बैंक इन्टरनेशनलको प्रायोजनमा ओपन गल्फ टुर्नामेन्ट हुने भएको छ । खेलकुद क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य अनुरुप ‘सिटिजन्स बैंक ओपन गल्फ टुर्नामेन्ट–२०१७’ आयोजना गर्न लागिएको बैंकद्वारा आयोजित विज्ञप्तीमा उल्लेख छ ।

बैंकले बिगत तीन वर्ष देखि गल्फ खेललाई प्रबद्र्घन गर्ने उद्देश्यले टुर्नामेन्ण्टको प्रायोजन गर्दै आएको छ । टुर्नामेन्टमा खेलाडीहरुको उत्साहजन सहभागिता रहेको र त्यसले नेपालको खेलजगतमा ठूलो सहयोग पुर्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताए ।

यही चैत २६ बाट गोकर्णको गल्फ रिसोर्टमा हुने सो टुर्नामेन्टमा १ सय जना खेलाडीको सहभागिता हुने छ । खेलको विभिन्न विधाहरुमा पुरुष, महिला, वरिष्ठ गल्फर, जुनियर गल्फरहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्