Logo

बैशाख १४ बाट गरिमाको ७० प्रतिशत हकप्रद, चैत २९ गतेसम्मको हकप्रदमा समावेश

बैशाख १४ बाट गरिमाको ७० प्रतिशत हकप्रद, चैत २९ गतेसम्मको हकप्रदमा समावेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गरिमा विकास बैंकले बैंशाख १४ गतेबाट आफ्नो ७० प्रतिशत हकप्रद सेयर विक्री खुला गर्ने भएको छ । गरिमाले २०७४ असार मसान्तसम्म नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गर्न लागेको हो ।

बैंकले एक रुपैयाँ अंकित मूल्यको ९० लाख ७६ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनसँगै बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

बैंकले यस अघि चैत ३० गते बुक क्लोज गर्ने जानकारी दिएको थियो । जस अनुसार चैत्र २९ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताहरु हकप्रदमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL