काठमाडौं । चौधरी समुहको सिजी फुडले ‘बनौ आदर्श नागरिक’ अभियान सञ्चालन गर्ने भएको छ । आम नागरिकलाई असल व्यवहारप्रति जागरुक बनाउने उद्देश्यसहित सो अभियान सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।
अभियानको एक भागका रुपमा हरेक नागरिकलाई आदर्श नागरिक बन्न अभिप्रेरित गर्दै मञ्च खडा गर्न लागेको बुधवार समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
टिभी विज्ञापनहरु र अन्य संचार माध्यमहरु मार्फत वाइवाइले अरुका लागि सद्व्यवहार प्रदर्शन गर्ने, नेपाली इमान्दारित, सभ्यता आचरण तथा व्यवहारको परम्परामाथि प्रकाश पार्ने छ । वाइवाइले विज्ञापनको सहायताले सडक दुर्घटनामा परेका घाइतेहरुलाई तत्काल अस्पताल पुर्याउने कार्यमा जुट्नका लागि समेत अभिप्रेरित गर्ने छ ।
यसका लागि नेपाल ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग समन्वय गर्ने बताएको छ । त्यस्तै दुर्घटनाका सहयोगीलाई प्रहरीबाट प्राप्त सूचनाका आधारमा पुरस्कृत समेत गर्ने छ । त्यस्ता व्यक्रिलाई ११ सय रुपैयाँ प्रदान गर्ने बताएको छ ।