काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एसेभेन नेपाली बजारमा भित्र्याएको छ । ५ दशमलव ७ इन्चको ग्यालेक्सी ए सेभेन बजारमा ल्याएको हो । कर्भ ग्लास र मेटल बडीको सो फोनको विशेषता हार्मोनियस डिजाइन र पानी तथा धुलोबाट नविग्रने हो ।
त्यस्तै यसमा फिंगरप्रिन्ट स्क्यानर छ । सामसुङका अन्य फ्ल्यागसिप फोनको प्रिमियर डिजाइनबाट प्रभावित भइ यसले पनि प्रिमियम अल्मोनियम फ्रेम तथा थ्रीडी कर्भड ग्लास प्रस्तुत गरेको छ । यस फोनमा १६ मेगापिक्सलको रियर क्यामरा छ । लाइट र टेक्नोलोजीसहितको स्क्रीन फ्लयास मार्फत प्रयोगकर्ताले व्राइट पिक्चर र सेल्फि लो लाइट कन्डिशनमा पनि लिन मद्धत गर्छ ।
यस फोनमा प्रयोगकबर्ताले फूड मोड प्रयोग गरी फोटो अप्टिमाइज गर्न वा इमेजको कलर बढाउन सकिन्छ । ग्यालेक्सी एसेभेन ब्ल्याक स्काइ र गोल्ड स्यान्ड गरी दुई रङमा उपलब्छ छ । यो फोनको बजार मूल्य ५४ हजार ९ सय तोकिएको छ ।
कम्पनीले ग्यालेक्सी एसेभेनमा ३२ जिवी माइक्रो एसडी र १० हजार ४ सय एमएएचको एंकर पावरव्यांक उपलब्ध गराएको छ । यो अफर स्कट रहुन्जेलका लागि मान्य हुने बताएको छ ।