Logo

सामान्य ओरालो लाग्यो नेप्से, किन उकालो लाग्दैछ नेपाल बैंकको सेयर ?

सामान्य ओरालो लाग्यो नेप्से, किन उकालो लाग्दैछ नेपाल बैंकको सेयर ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक समान्य ओरालो लागेको छ । बजार खुलेको केही सयम सामान्य बढेको नेप्से त्यसयता उतारचढाव हुँदै सामान्य घटेको हो ।

बैंक तथा जलविद्युत समुहको परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक ३ दशमलव ५० अंकले घट्न पुगेको छ । बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ३३ अंकले घटेको छ भने नेप्से परिसुचकमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ४ दशमवल २३ अंकले ओरालो लागेको छ । यसैगरी विकास बैंक समुहको परिसुचक ३ दशमलव ७२ अंकले घट्दा अतिरिक्त समुहको परिसुचमा ७ अंकले गिरावट आएको छ ।

बजारमा बीमा, फाइनान्स र होटल समुहका परिसुचक भने सामान्य उकालो लागेका छन् ।

दिनभर बजारमा कुल १ सय ४४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ६३ लाख रुपैयाँ बरावरको २७ लाख २७ हजार कित्ता सेयर खरिदविक्री भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा झण्डै ९० करोड रुपैयाँ कमी हो । सोमबार २ अर्ब ५३ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको थियो ।

बजारमा सबैभन्दा बढी सेयर कारोवार हुने कम्पनीको सुचीमा नेपाल बैंक रहेको छ । केही दिनयता उच्च कारोवार भइरहेको नेपाल बैंकको आजपनि १२ करोड ८५ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । हिजो मात्र २४ पतिशत हकप्रद सेयर दिने सम्बन्धमा नेप्सेलाई जानकारी गराएको नेपाल बैंकको आज प्रतिकित्ता सेयर मूल्य १५ रुपैयाँले बढ्दै उच्च कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL