काठमाडौं । नेपाल बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले आफ्ना सेयर धनीलाई २३ दशमलव ७४ प्रतिशतका दरले हकप्रद जारी गर्न नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।
बैंकले उक्त हकप्रद विक्री प्रयोजनका लागि चैत २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।