Logo

नेप्से अपडेट: २९ मिनेटमा २ पटक सर्किट ब्रेक, कारोवार २२ करोड मात्र

नेप्से अपडेट: २९ मिनेटमा २ पटक सर्किट ब्रेक, कारोवार २२ करोड मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजार खुलेको आधा घण्टामा सेयर बजारमा दुई पटक सक्रिट ब्रेक लागेको छ । पहिलो पटक बजार खुलेको १२ मिनेटमा ३ प्रतिशतले बढ्दै सक्रिट ब्रेक लागेको बजार दोस्रो पटक ३ मिनेटकोबीचमा ४ प्रतिशतले बढेपछि पुनः सक्रिट ब्रेक लागेको हो ।

बजार दोस्रो पटक ११ बजेर २९ मिनेट जाँदा सक्रिट ब्रेक लागेको हो । सो अवधिमा वीमा समुहको परिसुचक सवैभन्दा बढी ३ सय ३५ दशमलव ३६ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ समुह ७९ दशमलव ५,जलविद्युत ६२ दशमलव ३,विकास बैंक ४५ दशमलव ७७ र होटल समुह ३७ दशमलव २७ अंकले बढेको छ ।

त्यसैगरी अन्य र फाइनान्स समुह क्रमशः १७ दशमलव ३५ र ७ दशमलव ४९ अंकले उकालो लागेको छ ।
सोमवार सो अवधिमा २२ करोड ८९ लाखको मात्र कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्