Logo

नेप्से अपडेट : बजार खुलेको १२ मिनेटमै सक्रिट ब्रेक, कुन समुहले उचाल्यो बजार

नेप्से अपडेट : बजार खुलेको १२ मिनेटमै सक्रिट ब्रेक, कुन समुहले उचाल्यो बजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार डेढ घण्टा अगाबै ५ प्रतिशतले बढेर बन्द भएको बजार आजपनि खुलेको १२ मिनेटमै सक्रिट ब्रेक लागेको छ ।

बजार खुलेको १२ मिनेटमै बजार ३ प्रतिशतले बढेपछि सक्रिट ब्रेक लागेको हो । बजारमा १२ करोड रुपैयाँको मात्र कारोवार हुँदा सक्रिट ब्रेक लाग्न पुगको छ ।

बीमा र बैंक लगायतका समुह उच्च रुपमा बढ्दा बजारमा सक्रिट ब्रेक लागेको हो । जसमा बीमा समुह २ सय ९ अंकले बढेको छ भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ६४ दशमलव ६८ अंकले उकालो लागेको छ ।

बजारमा विकास बैंक समुह ३४ अंकले बढ्दा जलविद्युत समुक ५३ अंकले बढेको छ । सो अवधिमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल बैंक लिमिटेड र नेशनल हाइड्रो पावर लिमिटेडको सेयर कारोवार बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस्