Logo

बजारमा देखियो बीमा पूँजी बृद्धिको प्रभाव, ५ प्रतिशतले बढेपछि आजलाइ बन्द

बजारमा देखियो बीमा पूँजी बृद्धिको प्रभाव, ५ प्रतिशतले बढेपछि आजलाइ बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेयर बजार ५ प्रतिशतले बढेपछि आइतबारको लागि कारोवार बन्द भएको छ । बजार खुलेको झण्डै २ घण्टाको समयमा ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको बजार त्यसपछि कारोवार शुरु भएको ५ मिनेटमै पुनः १ प्रतिशतले बढ्दै आजको लागि कारोवार नै बन्द भएको छ ।

बीमा समितिले बीमा कम्पनीको चुक्ता पूँजी ४ गुणाले बृद्धि गर्दै १ अर्ब र २ अर्ब रपैयाँ पुर्याएसँगै बजारमा त्यसको ठूलो प्रभाव पर्न गयो । आइतबार बीमा समुहको परिसुचक ७ सय ३३ अंकले बढेपछि समग्र बजारमा प्रभाव पार्यो । पटक–पटक सर्किट ब्रेक लाग्दै बजार कारोवार समयभन्दा डेढ घण्टा अगाबै बन्द हुन पुगेको हो ।

आइतबार कारोवार रकम १ अर्ब रुपैयाँभन्दा तल रहे पनि परिसुचक भने ७९ दशमलव ४७ अंकले बढ्न पुगेको छ । आइतबार कुल ९४ करोड ३७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । जसमा १ सय ३२ कम्पनीको १८ लाख ४५ हजार सेयर मात्र कारोवार भएको छ ।

बजारमा बीमासँगै अन्य समुहका परिसुचक पनि उच्च रुपमा बढेको छ । सबै समुहका परिसुचक उकालो लाग्दा बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने बैंकिङ समुहको परिसुचक पनि ७० दशमलव ६ अंकले बढ्न पुगेको छ ।
यसैगरी विकास बैंक समुहको परिसुचक ८८ दशमलव २९ अंकले उकालो लागेको छ भने होटल समुह ८७ अंक र जलविद्युत समुह ६९ अंकले बढेको देखिन्छ । बजारमा फाइनान्स समुहको परिसुचक पनि १७ अंकले उकालो लागेको छ ।

बजार खुलेको छोटो समयमै उच्च रुपमा बढ्दा केही व्यक्तिले बढी लाभ लिने र साना लगानीकर्ता मर्कामा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘लामो समयसम्म साना लगानीकर्ताले स्थिर राखेको बजारलाई केही ठूला लगानीकर्ता भित्रिएसँगै अस्भाविक रुपमा बढाएका छन्,’ एक लगानीकर्ताले भने, ‘त्यसबाट केही सिमित व्यक्तिले लाभ लिएका छन् भने धेरै साना लगानीकर्तालाई समस्या परेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL