Logo

रातो रङमा आइफोन सेभेन र सेभेन प्लस भित्रियो, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध

रातो रङमा आइफोन सेभेन र सेभेन प्लस भित्रियो, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रालिले एप्पलको रेड आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक गरेको छ । विशेष संस्करणका आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध छन् ।

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्नेछ । यी संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर तोकिएको छ ।

कम्पनीले आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि केबल आधिकारिक आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्नका लागि आग्रह समेत गरेको छ ।

साथै एप्पलका सबै प्रयोगकर्ताहरुलाई सक्कली बिल सहित एप्पलका उत्पादनहरु खरिद गर्न सुझाएको छ । नेपालमा इभो स्टोर, फ्यूचर वल्र्ड र ओलिज स्टोर एप्पलको आधिकारिक बिक्रेता हुन् ।

प्रतिक्रिया दिनुहोस्