Logo

सेयरको सार्वजनिक निष्काशनमा नयाँ व्यवस्था, दरखास्तमा नागरिकता र फोटो नचाहिने

सेयरको सार्वजनिक निष्काशनमा नयाँ व्यवस्था, दरखास्तमा नागरिकता र फोटो नचाहिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी दिनमा सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिँदा नागरिकताको फोटोकपि र फोटो नचाहिने भएको छ । २०७३ माघदेखि डिम्याट खाता अनिवार्य गरिएको र सोही खाताबाट आवेदकको सम्पूर्ण विवरण रुजु गर्न सकिने भएकाले अन्य कागजात हटाइएको बोर्डले जानकारी दिएको छ ।

हाल आस्वा प्रणाली अन्तरगत सार्वजनिक निष्काशनको लागि आवेदन दिँदा नागरिक र फोटा आवश्यक पर्दैन । सोही अनुरुप लगानीकर्तालाई सहज वातावरण बनाउनका लागि दरखास्त फारममा पनि सोही व्यवस्था लागू गरिएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्रको सार्वजनिक निष्काशनमा दरखास्त दिने प्रक्रियालाई थप सहज गरी लगानीकर्तालाई सुविधा तथा अबका दिनमा सोही व्यवस्था लागू गर्न बोर्डले सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई निर्देशन दिएको छ । तर, उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले दरखास्त दिने हकमा लागू यो व्यवस्था लागू नहुने बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL