काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई आस्वालगायत निक्षेप सदस्य सम्बन्धी कार्यको विस्तृतमा जानकारी दिन आयोजना गरेको दुइ दिने तालिम सम्पन्न भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्सको सहकार्यमा उक्त तामिल संचालन गएिको थियो । बैंकले भैरहवा, वुटवल, कृष्णनगर र पाल्पा शाखा कार्यालयका कर्मचारीलाई उक्त तालिम दिएको हो ।
पछिल्लो समय प्राथमिक सेयर निष्काशनमा आस्वा मार्फत आवेदन दिने सदस्य बढेसँगै त्यसलाई चुस्त दुरुस्त बनाउने बैंकले कर्मचारीलाई तालिम प्रदान गरेको हो ।