Logo

हुण्डाईको नयाँ ग्राण्ड आइटेन सार्वजनिक, आधुनिक ‘फिचर’ सहितको बोल्ड र स्टायलिस लुक्स

हुण्डाईको नयाँ ग्राण्ड आइटेन सार्वजनिक, आधुनिक ‘फिचर’ सहितको बोल्ड र स्टायलिस लुक्स


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले नयाँ ग्राण्ड आइटेन फेस लिफ्ट सार्वजनिक गरेको छ । सो गाडीको मिस नेपाल अस्मी श्रेष्ठले सार्वजनिक गरेकी हुन् ।   बोल्ड र स्टायलिस लुक्सको नयाँ ग्राण्ड आइटेनमा हाइटेक फिचर,फ्युल इफिसेन्सी छ ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रवन्धक रुपेश शर्माले ग्राण्ड आइटेन पहिलादेखि नै उत्कृष्ट उत्पादन रहेको बताए ।

hyundai

साथै यसले धेरै ग्राहकको मन जित्नेमा विश्वस्त रहेको जानकारी दिए । गाडीको पछाडी भागमा भएको बम्पर र नयाँ रिफ्लेक्टरले यसलाई पृथक देखाएको छ ।

यसको बजार मूल्य २६ लाख ९६ हजार देखि ३२ लाख ५६ हजारसम्म तोकिएको कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्