Logo

एचएच बजाजको नयाँ शोरुम स्याङ्जामा, बाइकको स्पेयर पार्टस तथा एसेसरिज उपलब्ध

एचएच बजाजको नयाँ शोरुम स्याङ्जामा, बाइकको स्पेयर पार्टस तथा एसेसरिज उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पल्सर मोटरसाइकलको आधिकारीक विक्रेता एचएच बजाजले स्याङ्जाको वालिङमा नयाँ शोरुम स्थापना गरेको छ । कम्पनीले सन्तोषी स्पेयर पार्टस सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुमले स्याङ्जाका ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जानकारी दिएको छ । साथै एचएचबजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने बताएको छ ।

नयाँ शोरुम शुभारम्भको अवसरमा एचएच बजाजका डेपुटी महाप्रबन्धक योगेन गुरुङले बढ्दो मागका कारण स्याङ्जामा नयाँ शोरुम स्थापना गरेको बताए । शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL