Logo

एनआइसी एशियाको सामाजिक उत्तरदायीत्व, बालबालिकालाई १ बर्षका लागि खाद्यपदार्थ

एनआइसी एशियाको सामाजिक उत्तरदायीत्व, बालबालिकालाई १ बर्षका लागि खाद्यपदार्थ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एन आई सी एशिया बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि पोषिलो खाद्य पदार्थ उपलब्ध गराउने भएको छ । बैंकले उपलब्ध गराउदै आएको दिउँसोको खाजाको रुपमा प्रयोग हुने खाद्यपदार्थ पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो ।

बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL