काठमाडौं । चौधरी ग्रुपले केन्ट म्याजिक कार प्युरिफायर बजारमा ल्याएको छ । समूहको इओएल प्रालीले बजारको बढ्दो प्रदुषणलाई मध्यनजर गर्दै कारभित्र शुद्ध र स्वच्छ हावा उपलब्ध गराउन सो प्युरिफायर ल्याएको हो ।
यो खासगरी कारको क्याविनका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । यसमा प्रदुषणयुक्त हावालाई नियन्त्रण गर्न जापानको हाई इफिसिएन्सी पार्टिकुलर अरेस्टर( हेपा) प्रबिधि प्रयोग गरिएको छ ।
चौधरी ग्रुपको इलेट्रोनिक्स विभागका सेल्स म्यानेजर रोशन सिंहले सामान्यतया कारको क्याविनभित्र बाहिरको भन्दा ५/६ गुणा बढी हावा प्रदुषित हुने र यस्तो प्रदुषित हावाले ३० मिनेटमै स्वास्थ्यलाई हानी गर्ने बताए ।
साथै सो प्युरिफायरले प्रभावकारी रुपमा प्रदुषणको प्रभावलाई कम गर्न सक्ने जानकारी दिए । ‘यो जनताको स्वस्थ स्वाशप्रश्वासको लागि धेरै महत्वपूर्ण उत्पादन हो’ उनले भने मानिस जहाँ हुँदा पनि स्वस्थ राख्न यसले सहयोग गर्छ ।’
यसले कारभित्रको धुलो, खराव रसायन, भाइरस र गन्धलाई हटाएर स्वच्छ बातावरण बनाउँछ । यसमा तीन तहको फिल्टर प्रक्रिया छ । यसले ९९ प्रतिशत प्रदुषणलाई हटाउने कम्पनीको दावी छ