काठमाडौं । एमआई नोट टु मोबाइल नेपाली बजारमा भित्रिएको छ । शारदा गुप्र अन्तर्गत रहेको वत्सलइम्पेक्स प्रालिले सो मोबाइल भित्र्याएको हो। फोनको अगाडीको दुई साइडमा कर्भ छ ।
५ दशमलव ७ इन्चको डिस्प्ले स्क्रिन रहेको सो फोनमा ६ जिवी र्याम, १ सय २८ जिवी रोम रहेको छ । त्यस्तै फोनमा भएको २२ दशमलव ५६ मेगापिक्सलको क्यामराले तस्विरलाई तिवन्द रुपमा कैद गर्न सहयोग गर्छ । साथै अगाडिको क्यामरा ८ मेगापिक्सेलको अटो फोकसमा उपलब्ध छ।
४०७० एमएच ब्याट्री क्षमताको सो फोनको विहीबार देखि १५ गते सम्म बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जानकारी दिएको छ ।
यसको मूल्य ७६ हजार ९ सय ९९ रुपैया तोकिएको छ । बुकिङ अवधि भर किन्नेलाइ ४ हजार ४ सय ९९ मूल्य बराबरको एमआइ ब्राण्ड टु मोबाइल दिने कम्पनीले बताएको छ ।