Logo

सबै समुह उकालो लाग्दा २५ अंकले बढ्यो नेप्से, बीमाका लगानीकर्ता मालामाल

सबै समुह उकालो लाग्दा २५ अंकले बढ्यो नेप्से, बीमाका लगानीकर्ता मालामाल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक झण्डै २५ अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा २४ दशमलमव ८५ अंकले बढ्न पुगेको छ । केही समययता उकालो लाग्न शुरु गरेको नेप्से परिसुचक आइतबार १ हजारस ३ सय ८२ अंकमा पुगेर अडिएको छ ।

बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा पनि बीमा समुहको परिसुचक उकालो लागेको छ । सो समुहका परिसुचक ३ सय ६७ अंकले बढ्दा लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् ।

यसैगरी होटल समुह ६० अंकले बढ्दा जलविद्युत समुहको परिसुचक पनि सोही हाराहारीमा बढ्न पुगेको छ । बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि झण्डै १३ अंकले उकालो लागेको छ ।

बजारमा कारोवार रकम समेत बढेको छ । पछिल्लो समय केही ठूला लगानीकर्ता बजारमा प्रवेश गर्न थालेसँगै कारोवार बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । दिनभर १ सय ३६ कम्पनीको १४ लाख ४८ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

आइतबार उच्च कारोवार हुने कम्पनीको सुचीमा बीमा समुहको बाहुल्यता रहेको छ । उच्च कारोवार हुने १० कम्पनीमध्ये ५० प्रतिशत हिस्ता बीमाको रहेको छ । तर उच्च कारोवार हुने कम्पनीको पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ६ करोड १२ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL