Logo

प्रतितोला ३ सयले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

प्रतितोला ३ सयले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउमा सामान्य बृद्धि भएको छ । सो दिन सुनको मूल्य प्रतितोला ३ सयले बढी ५४ हजार २ सयमा पुगेको छ ।

शुक्रवार सुन तोलाको ५३ हजार ९ सयमा किनबेच भएको थियो ।

त्यस्तै आइतवार चाँदीको  भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी तोलाको ७ सय ८५ पुगेको छ ।

शुक्रवार चाँदी तोलाको ७ सय ८० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्