Logo

अनलाईन ट्रेडिङमा बोर्डले शुरु गर्यो छलफल, कहिलेदेखि हुन्छ लागू ?

अनलाईन ट्रेडिङमा बोर्डले शुरु गर्यो छलफल, कहिलेदेखि हुन्छ लागू ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अनलाईन ट्रेडिङमार्फत सेयर खदिविक्री गर्ने व्यवस्था लागु गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डले छलफल शुरु गरेको छ । सेयर ब्रोकर तथा लगानीकर्ताहरुको लागि सफ्टवेयर निर्माता कम्पनीहरुले बोर्डको संयोजकत्वमा ब्रोकर व्याक अफिस सफ्टवेयरमा इन्टरनेट मार्फत खरिदविक्री आदेश दिन सक्ने व्यवस्था सम्बन्धमा अन्तरक्रिया गरेको हो ।

नेपाल स्टक एक्स्चेञ्चले अटोमेटेड ट्रेडिङ सिस्टमलाई प्रतिस्थापन गरी अनलाईन ट्रेडिङ सिस्टम ल्याउन लागेको अवस्थामा त्यसलाई थप सहजिकरण गर्न तथा पूर्व अभ्यास गराउने उद्देश्य अनुरुप अन्तरक्रिया कार्यक्रम गरिएको बोर्डले जानकारी दिएको छ । विद्यमान व्याक अफिस सिस्टम मार्फत खरिदविक्री आदेश दिने र तथ्याङकको अभिलेख व्यवस्थापन गर्न उक्त प्रणालीका सम्बन्धमा सफ्टवेयर निर्माताहरुले प्रणालीका व्यवस्था तथा प्रयोग सम्बन्धमा प्रस्तुतिकरण समेत गरेका थियो ।

कार्यक्रममा लगानीकर्ताले आफूले दिएको खरिदबिक्री आदेश ब्रोकरहरुले तुरुन्तै हेर्न मिल्ने, आदेश अनुसार कार्यान्वयन गर्नुपर्ने तथा आदेश रद्द गर्न मिल्ने वा नमिल्ने जस्ता सुविधा उक्त प्रणालीमा हुनुपर्ने कुराहरु राखेका थिए । त्यसै गरी धितोपत्र दलाल व्यवसायीहरुले सो प्रणालीमा सुधार र थप गर्दा केही कम्प्युटर र जनशक्तिको आवश्यकता पर्ने जस्ता समस्या समेत उठान गरेका थिए । साथै छलफल कार्यक्रममा सफ्टवेयर निर्माता कम्पनीहरुले लगानीकर्ता तथा दलाल व्यवसायीहरुबाट उठेका समस्याहरुलाई निराकरण गर्न प्रणालीमा सामान्य सुधार गरी इन्टरनेट मार्फत खरिदवक्री आदेश दिन सक्ने सम्बन्धमा थप प्रष्ट पारेका थिए ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आगामी दिनमा अनलाईनमार्फत कारोवार हुने हुँदा यसलाई त्यसको पूर्वाभ्यासका रुपमा लिनको लागि यो व्यवस्था गरिएको बताए । सो सम्बन्धी सफ्टवेयर तयारी भैसकेकोले तत्काल प्रयोग गर्न सकिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL