Logo

सामान्य उकालो लाग्यो नेप्से, ५३ करोड ७३ लाखको कारोवार

सामान्य उकालो लाग्यो नेप्से, ५३ करोड ७३ लाखको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक १ दशमलव २१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५७ दशमलव ३४ अंकमा पुगेर बन्द भएको हो । बिहीवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह उकालो लाग्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा ३३, बैंकिङ समुह १ दशमलव ३१ र अन्य समुह १ दशमलव १६ अंकले उकालो लागेको छ । यता जलविद्युत,होटल, विकास बैंक र फाइनान्स समुह भने क्रमशः १३ दशमलव ८७,६ दशमलव ८३, १ दशमलव ७३ र ० दशमलव ०८ अंकले ओरालो लागेको छ ।

बिहीवार बैंक अफ काठमाडौं लुम्बिनीको सवैभन्दा बढी ७ करोड १२ लाखको कारोवार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १० लाख बराबरको कारोवार भएको छ ।
सो दिन १ सय ३६ कम्पनी कारोवारमा आएकोमा १३ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट ५३ करोड ७३ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्