काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
बजारमा सुनको मूल्य घट्दै प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसैगरी बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै ७ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।